काठमाडौं । दोस्रो वडा अध्यक्ष कप राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाईटर भेट्रानले जितेको छ । फाइनलमा तकामी भेट्रानलाई ३–१ ले हराउँदै फ्रिडम च्याम्पियन बनेको हो ।
चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको उपाधि भिडन्तमा फ्रिडमले तकामीमाथि ३–१ को जित निकाल्यो । फ्रिडमको जितमा विकर्ण श्रेष्ठले २ गोल गरे भने थप एक गोल राजकुमार घिसिङले गरे । उता पराजित तकामीका लागि रितेश थापाले एक मात्र सान्त्वना गोल फर्काए ।
काठमाडौं महानगरपालिका वडा नम्बर ७ को आयोजना तथा चावहिल स्पोर्टस क्लबको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेता बनेको फ्रिडमले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता तकामीले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक मुकुन्द थापा बन्दा उत्कृष्ट डिफेन्डर राजनलाल नेपाली चुनिए । उत्कृष्ट मिडफिल्डर राजकुमार घिसिङ घोषित हुँदा सर्वोत्कृष्ट खेलाडी रितेश थापा बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै