News
एन्फा र बी डिभिजन क्लब प्रतिनिधीहरुबीच बैठक, निर्णय भने निस्किएन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र बी डिभिजन क्लबका प्रतिनिधीहरुबीच मंगलबार समसामयिक विषयबारे बैठक भए तापनि निर्णय भने निस्किन सकेन । सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको बैठक एन्फा पक्षबाट सकरात्मक रुपमा सकिएको बताइएको छ ।
यद्यपि बैठकले ठोस निष्कर्ष भने निकाल्न सकेन । साथै यसबारे छिटै अर्को बैठक बस्ने पनि एन्फाले जनाएको छ । पटक–पटक बी डिभिजन लिगको मिति घोषणा गर्दै आइए तापनि प्रतियोगिता सञ्चालन अहिलेसम्म हुन सकेको छैन । लिग आयोजनाबारे मंगलबार बसेको बैठकले पनि अन्तिम निष्कर्ष निकाल्न नसकेपछि बी डिभिजन लिग आयोजना अझै अनिश्चित बनेको छ ।
बैठकमा एन्फा अध्यक्ष पंक्रज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष बिर बहादुर खड्का, उपाध्यक्ष दिपक खतिवडा, महासचिव किरन राई, कोषाध्यक्ष रविन्द्र जोशी तथा बी डिभिजन लिगका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण