
भक्तपुर । १९औं सैनिक आवासिय महाविद्यालय रनिङ कप अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तरगत बिहीबार लिगचरणका अन्तिम तीन खेलहरु सम्पन्न भएका छन् ।
आयोजक सैनिक स्कुलको खेलमैदानमा भएको पहिलो खेलमा दावेदार मध्ये एक ल्याब स्कुलले नेक्सस स्कुललाई १–० ले हरायो । त्यस्तै दोस्रो खेलमा अर्को बलियो टोली नेपाल एपिएफ स्कुलले भ्याली पब्लिक हाइ स्कुलमाथि ७–१ को एकतर्फी जित हात पार्यो । त्यस्तै तेस्रो खेलमा आयोजक सैनिक आवासिय महाविद्यालय (बी) ले डाव स्कुललाई ४–० ले हरायो ।
समूह चरणहरुको खेलपश्चात समूह ए बाट आयोजक सैनिक आवासिय महाविद्यालय (ए) र नेपाल डन बस्को स्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह बी बाट ल्याबोरेटरी र नेक्सस स्कुल, समूह सी बाट नेपाल एपिएफ स्कुल र डिभाइन लाईट स्कुल तथा समूह डी बाट नेपाल पुलिस स्कुल र सैनिक आवासिय महाविद्यालय (बी) क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तरगत जेठ ५ गते शुक्रबार आराम दिइएको छ । त्यस्तै क्वाटरफाइनलका खेलहरु जेठ ६ बजे शनिबारदेखि शुरु हुने आयोजकले जनाएको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै