
काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई जेठ ३ गतेका दिन तेस्रो रणनीतिक प्रशिक्षण दिने भएका छन् । प्रशिक्षणका लागि प्रशिक्षक भिन्सेन्जोले कुल ३१ खेलाडीहरुलाई सामेल गरेका छन् ।
स्मरण रहोस, प्रशिक्षक भिन्सेन्जोले यसअघि बैशाख १ गते पहिलो चरणको तथा बैशाख १८ गते दोस्रो चरणको रणनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेका छन् । जुन २१ तारीखदेखि भारतको बैंगलोरमा शुरु हुन गईरहेको साफ चयाम्पियनसिपको आवश्यक तयारीका लागि यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको एन्फाले जनाएको छ ।
रणनीतिक प्रशिक्षण कार्यक्रममा बोलाइएका खेलाडीहरुः
देवेन्द्र तामाङ, पुजन उपरकोटी, बिमल घर्ती मगर, सुदिप गुरुङ, दिपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, बिमल पाण्डे, दिपेश गुरुङ, लाकेन लिम्बु, बिक्रम लामा, अनिष देउला, सिमान्त थापा, दिप कार्की, आशिष गुरुङ, अनन्त तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट, आशिष चौधरी, सुशिल शाह, निशान्त खड्का, आयुष घलान, मनिष डाँगी, अन्जल महर्जन, सनिस श्रेष्ठ, नविन लामा, मणि कुमार लामा, आवास लामिछाने, किरन कुमार लिम्बु, रोहित चन्द
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न