काठमाडौं । डिएफडब्ल्यु हिमालयज फुटबल क्लब, टेक्सासको आयोजनामा अमेरिकामा रहेका आप्रवासी नेपालीहरुबीच भाईचारा र आत्मियता कायम गर्ने उद्देश्यका साथ यही मई २० र २१ तारीखका दिन आठौं नेपाली न्यु इयर कप हुने भएको छ ।
२५औं वार्षिकोत्सव पूरा गरेको अवसरमा नेपाली सोसाइटी टेक्सास, अमेरिकासँगको सहकार्यमा आयोजना हुन गईरहेको प्रतियोगितामा खुला र भेट्रानतर्फ दुई फरक क्याटगोरीमा प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ ।
टेक्सास स्थित ओक ग्रोव पार्क सकर कम्प्लेक्समा हुने प्रतियोगिताका लागि खुलातर्फ १ हजार डलर र ३५ वर्ष माथिको भेट्रानर्फ ८ सय डलर टिमदर्ता शुल्क तोकिएको पनि आयोजकले जानकारी दियो । साथै टिमदर्ता गर्ने अन्तिम मिति यही मई १३ तारीखसम्म रहेको पनि आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको विजेताले खुलातर्फ उपाधिसहित १० हजार र भेट्रानतर्फ ४ हजार डलर प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनगरमा गोलनेपाल डटकम पनि रहेको छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने