News
सम्रानीलाई दमाम भेट्रान गोल्डकपको उपाधि
काठमाडौं । साउदी अरबमा रहेका आप्रवासी नेपालीहरुबीच भएको प्रथम दमाम भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सम्रानी फुटबल क्लब, दमामले जितेको छ ।
उपाधिका लागि भएको फाइनल भिडन्तमा सम्रानीले युनाइटेड फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । सम्रानीका लागि दुवै गोल इन्द्र पुनले गरेका थिए ।
विजेता बनेको सम्रानीले उपाधिसहित नगद ५१५१ रियाल हात पार्यो भने उपविजेता युनाइटेडले २४२४ रियालसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
दमाम भेट्रान फुटबल क्लब, दमाम, साउदी अरबको आयोजनामा भएको प्रतियोगितामा त्यहाँ रहेका आप्रवासी नेपालीहरुको कुल २० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- एन पेनाङ एफसीले आशिष राईका लागि करिब १२ लाख रुपैयाँ जुटायो
- अञ्जिलालाई हङकङमा सम्मानसहित रकम हस्तान्तरण
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा