बुटवल । दोस्रो भूपू सैनिक भेट्रान कप एट ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चावहिल भेट्रान, काठमाडौंले जितेको छ । बुटवल–१३, सालघारी स्थित जवई खेलमैदानमा शुक्रबार भएको फाइनल भिडन्तमा चावहिलले आयोजक भूपू सैनिक भेट्रान, बुटवललाई २–० ले हराउँदै विजेता बन्न सफल भएको हो ।
विजेता बनेको चावहिलले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता भूपू सैनिकले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ पनि चावहिल कै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक राजेन्द्र गौतम बन्दा उत्कृष्ट डिफेन्डर पनि चावहिल कै नरोत्तम गौतम घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि चावहिल कै राजकुमार घिसिङ घोषित हुँदा उत्कृष्ट फरवार्ड चावहिलका बिकर्ण श्रेष्ठ घोषित भए । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चावहिलका कप्तान सागर थापा घोषित भए ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका प्रदेश सभामुख तुलाराम घर्ती मगर, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), आयोजक भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीका अध्यक्ष गोपीराम पुन लगायतले पुरस्कृत गरेका थिए ।
आयोजक क्वबलको स्थापना दिवस र नेपाली नयाँ वर्षको अवसरमा आयोजित प्रतियोगितामा नेपालभरिका कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने