News
इन्टर कलेज इम्पेरियल कप सेभेन ए साईड फुटसल हुने
भक्तपुर । इम्पेरियल बिजनेस कलेजको आयोजनामा आगामी बैशाख २४ देखि २६ गतेसम्म प्रथम इम्पेरियल कप इन्टर कलेज सेभेन ए साईड फुटसल प्रतियोगिता हुने भएको छ । भक्तपुर स्थित बैजन्ती फुटसलमा हुने प्रतियोगिताको तयारी पनि शुरु गरिएको आयोजकका बिबेक मानन्धरले जानकारी दिए ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक कलेजका टिमहरुले टिमदर्ता शुल्क वापत १० हजार बुझाउनु पर्ने आयोजकका अर्का सदस्य मन्दिप खड्काले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि