काठमाडौं । वर्ष दिन अघि न्युजिल्याण्ड पुगेका नेपाल कै पूर्व राष्ट्रिय खेलाडी निरज बस्नेतले त्यहाँ नोम्याड्स युनाइटेड क्लबबाट व्यवसायीक फुटबल खेल्ने भएका छन् । निरजले आफ्नो सामाजिक सञ्जालमार्फत क्लबसँग आवद्ध भएको तस्विरहरु पोष्ट गर्दै सो कुराको जानकारी गराएका हुन् ।
नेपाल मै रहँदा संकटा क्लबका लागि ए डिभिजन लिग समेत खेलेका निरजले त्यसबाहेक विभिन्न क्लबहरुबाट पनि मोफसल लगायत राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा व्यवसायीक फुटबल खेलेका थिए ।
निरजले न्युजिल्याण्डमा नोम्याड्सका लागि खेल्ने लिग भने साउदर्न लिग हो । न्युजिल्याण्डको दक्षिणी प्रान्तको यो लिग त्यहाँ हुने क्लब फुटबलको शिर्ष लिग समेत हो । यद्यपि न्युजिल्याण्डको भने यो दोस्रो श्रेणीको लिग हो । निरजले यो लिगमा राम्रो प्रदर्शन गर्न सके त्यहाँ थप नयाँ अवसर मिल्न सक्ने सम्भावना पनि छ ।
निरजले क्लबसँग के कति वर्षका लागि सम्झौता गरेको हो र कति पारिश्रमिकमा गरेको हो, त्यसबारे भने खुलाइएको छैन । यद्यपि उनका लागि न्युजिल्याण्डको फुटबल पक्कै पनि नयाँ गन्तव्य र अवसर बन्ने निश्चित छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने