News
रोयल जित सेमिफाइनलमा प्रवेश

नयाँवस्ती । रोयल जिम हाउस, सुर्यनगर जारी तेस्रो भरतपुर–२४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ माविको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलतर्फ रोयल जिमले रड्स रामपुर एफसीलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ रोयल जिमका लागि सुनिल श्रेष्ठले दुवै गोल गरेका थिए भने रड्स रामपुरका लागि सन्त गुरुङ्गले दुवै गोल गरेका थिए ।
खेलमा रोयल जिमका सुनिल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे ।
भरतपुर–२४ युवा तथा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछ ।
Post Comments