News
जिनियससँग जोडिए फुटबलर बिमल
काठमाडौं । नेपालका चर्चित फरवार्ड बिमल घर्ती मगर जिनियस आईबी वल्र्ड स्कुल, लुभुको स्पोर्टस एम्बासडरमा नियुक्त भएका छन् । यसबारे बिमल र जिनियस स्कुलबीच सम्झौता समेत भएको छ ।
एक कार्यक्रमका बीच सम्झौतापत्रमा जिनियस स्कुलको तर्फबाट अध्यक्ष नविन कुमार जोशी र बिमलले हस्ताक्षर गरे । स्कुलका अनुसार सम्झौता एक वर्षका लागि भए तापनि त्यो थप गर्दै लैजाने स्कुलको योजना रहेको छ ।
सम्झौताअनुसार बिमलले स्कुलका विद्यार्थीहरुलाई फुटबल प्रशिक्षक दिनुपर्ने, स्कुलको कार्यक्रमहरुमा सहभागि हुनुपर्ने र विभिन्न कार्यक्रमहरुको प्रवद्र्धन गर्नुपर्ने बताइएको छ ।
स्मरण रहोस, बिमल हाल राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यका रुपमा रहेका छन् भने क्लब फुटबलमा मँिच्छन्द्र फुटबल क्लबका लागि व्यवसायीक फुटबल खेलिरहेका छन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै