काठमाडौं । आठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तरगत नेपाल फुटबल टिम (कतार) ले चिरप्रतिद्वन्द्वी भारतसँग १–१ को बराबरी खेलेको छ ।
अल अरबी रंगशालामा भएको समूह ए तर्फको आफ्नो दोस्रो खेलमा नेपालले शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा बराबरीको सामना गर्नुपर्यो ।
खेल शुरु भएको सातौं मिनटमै राकेश सापकोटाको क्रस पासमा दिल्ली पाराहाङ लिम्बुले नेपाललाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए । तर, नेपालले त्यो अग्रता धेरैबेर जोगाउन सकेन ।
उता गोल खाए लगतै १२औं मिनटमै भारतले नेपाली कमजोर रक्षापंक्तिको फाईदा उठाउँदै बराबरी गोल फर्काएको थियो । त्यसपछिको अधिकांश समय दुवै टोलीले गोल प्रयास गरे तापनि सफल भएनन् ।
स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५–० ले हराएको थियो । समूह ए मा नेपालसँगै, भारत, बंगलादेश, इण्डोनेसिया, दक्षिण कोरिया र फिलिपिन्स रहेका छन् ।
प्रतियोगिता अन्तरगत नेपालले १३ फेब्रुअरीका दिन फिलिपिन्ससँग खेल्ने कार्यक्रम छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने