काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा व्यस्त नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको टोली पेर्सिक केदिरीले लिग अन्तरगत बिहीबार उत्कृष्ट जित हात पारेको छ । लिगतर्फ आफ्नो २५औं खेलमा पेर्सिकले रान्स नुसनतारामाथि ५–१ को प्रभावशाली जित निकाल्यो ।
पेर्सिकका लागि खेलको नवौं मिनट मै फ्लेवियो सिल्वाले पहिलो गोलको खाता खोलेका थिए । यद्यपि २९औं मिनटमा मित्सुरु मारुओकाले रान्सका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा पेर्सिक हावी बन्यो ।
५६औं मिनटमा रोहितले पेर्सिकका लागि दोस्रो गोल गरे । क्लबका लागि पनि रोहितको यो दोस्रो गोल थियो । रेनान सिल्वाले ७०औं मिनटमा तेस्रो गोल थपे भने ७६ र ८२औं मिनटमा मोहम्मद खनाफीले लगातार दुई गोल गर्दै पेर्सिकको उत्कृष्ट जित पक्का गरे ।
यो जितका बावजुद २५ खेलबाट २० अंक जोडेको पेर्सिक लिगतालिकाको १७औं स्थानमा रहेर रेलिगेशन क्षेत्र मै संघर्षरत छ । उता पराजित रान्स भने १७ अंकका साथ पुछारमा छ । पेर्सिकले आफ्नो आगामी खेल मंगलबार एरेमासँग खेल्नेछ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने