News
खुम्बु ल्होसार कपः ठमिछोवा र नाम्चे विजयी
काठमाडौं । सानोगौचरण खेलकुद मैदानमा जारी १३औं खुम्बु ल्होसार कपतर्फ बिहीबार सम्पन्न खेलमा ठमिछोवा फुटबल क्लबले जुभिङ शेर्पा कुदिकलाई १–० गोलअन्तरले पराजित गरेको छ । ठमिछोवा फुटबल क्लबको जितमा दावा शेर्पा म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै, दोस्रो खेलमा नाम्चे युवा क्लबले आमाडब्लम युवा क्लबलाई टाई ब्रेकरमा पछि पार्दै विजेता भनेको हो । नाम्चे युवा क्लबको जितमा तेन्जिङ फुन्छोक शेर्पा म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत फागुन ५ गते शुक्रबारको खेलमा नाम्चे युवा क्लब र जुभिङ शेर्पा कुदिकबीच सेमिफाइनल हुने ।
शेर्पा समुदायको नयाँ बर्ष तथा चाड ल्होसारको अवसरमा ‘खुम्बु ल्होसार कप’ शनिबारबाट सुरु भएको हो । खुम्जुङ युवा क्लबले हरेक बर्ष आयोजना गर्दै आएको ‘खुम्बु ल्होसार कप’को यो १३औं संस्करण हो । फागुन ६ गतेसम्म सानोगौचरणस्थित खेल मैदानमा सञ्चालन हुने छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै