News
साबित्रा चम्किदा नेपालको रोमाञ्चक बराबरी
काठमाडौं । स्टार फरवार्ड साबित्रा भण्डारी चम्किदा भारत विरुद्धको पहिलो अन्तर्राष्ट्रिय मेत्रीपूर्ण म्याचमा नेपालले भारतसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।
खेलमा नेपालले अन्तिम समयमा नाटकीय पूनःरागमन गर्यो । त्यसअघि ५६औं मिनटमा सौम्या गुगुलोथको गोलबाट अग्रता लिएको भारतले लगतै ६८औं मिनटमा इन्दुमतीको गोलबाट त्यो अग्रता दोब्बर बनाएको थियो ।
यद्यपि खेलको ९०औं मिनटमा भारतीय खेलाडीले बक्स भित्र ह्याण्ड गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसलाई साबित्रा भण्डारीले कुनै गल्ती नगरी गोलमा परिणत गरिन् । त्यसको दुई मिनट लगतै साबित्राले सुन्दर फिनिसिङ्गसहित दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएकी थिईन् ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै