काठमाडौं । हाईजिमा युथ क्लब, जापानको आयोजनामा आउँदो मार्च १९ तारीखका दिन चौथो हिमालयन गोल्डकप २०२३ हुने भएको छ । टोकियो स्थित फुजीमोरी फुटसल पार्कमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो ।
प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४१ हजार जापानी येन रहेको पनि प्रचार प्रसार संयोजक नरैन्द्र गोपालीले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख येन हात पार्नेछ भने उपविजेताले २ लाख येन प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई १ लाख येनसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक क्लबका अध्यष अखिल लामाले जानकारी दिए । प्रतियोगितामा विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष लामाले बताए ।
प्रतियोगितामा करिब ३० क्लबहरुको सहभागिता रहने अनुमान गरिएको आयोजकले जनाएको छ । साथै प्रतियोगितालाई यस वर्ष पनि भव्यताका साथ सम्पन्न योजना रहेको आयोजकले बतायो ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने