News
एएफसीको कार्यसमिति सदस्यमा एन्फा अध्यक्ष नेम्वाङ

काठमाडौं । एसियाली फुटबलको शिर्ष निकाय एसियन फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन् ।
बहराईनको राजधानी मनामामा बुधबार सम्पन्न ३३औं एएफसी कंग्रेसबाट नेम्वाङ कार्यसमिति सदस्य पदमा निर्वाचित भएका हुन् । त्यस्तै एएफसीको अध्यक्षमा सलमान बिन इब्राहिम अल खलिफाले नै निरन्तरता पाएका छन् । खलिफा सन् २०१३ देखि एएफसीको अध्यक्ष पदमा छन् ।
बहराईन फुटबल फेडरेशनका पूर्व अध्यक्ष समेत रहेका ५७ वर्षिय खलिफाले एएफसीको अनुशासन कमिटीको अध्यक्ष तथा फिफाको अनुशासन कमिटीको उपाध्यक्षका रुपमा समेत काम गरिसकेका छन् ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध