खैरेनी । यहाँ सम्पन्न प्रथम कोलुवा कप खुला तथा भेट्रान सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि क्रमशः जनज्योति एफसी र देवदह भेट्रानले जितेको छ ।
देवदह–५, खैरेनी स्थित कोलुवा खेलमैदानमा भएको खुलातर्फको फाइनलमा जनज्योतिले आयोजक कोलुवा फुटबल क्लबलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भयो ।
विजेता बनेको जनज्योतिले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता कोलुवाले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
त्यस्तै भेट्रानतर्फ देवदह भेट्रान्सले आयोजक कोलुवा भेट्रान्सलाई ३–२ को रोमाञ्चक अन्तरले हरायो । विजेता बनेको देवदह भेट्रान्सले उपाधिसहित नगद १० हजार हात पार्यो भने उपविजेता कोलुवा भेट्रान्सले ५ हजारमा चित्त बुझायो ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, विशिष्ठ अतिथी देवदह नगरपालिका वार्ड नम्बर ५ का वार्ड अध्यक्ष गणेश डुम्रे, आयोजक कलबका अध्यक्ष खुम बहादुर थापा लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
कोलुवा फुटबल क्लब, देवदह–५, कोलुवा, खैरेनीको आयोजनामा गत पौष ३० गतेदेखि शुरु प्रतियोगितामा खुलातर्फ ३२ तथा भेट्रानतर्फ ६ टोलीहरुले सहभागिता जनाएको प्रचार प्रसार संयोजक देव थापाले जानकारी दिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने