News
अल स्टारलाई प्रथम लक्ष्मी कप यु–१५ फुटबल प्रतियोगिताको उपाधि
लक्ष्मीबजार । लक्ष्मीबजार हर्ट क्लब, गोरखाको आयोजनामा सम्पन्न प्रथम लक्ष्मी कप यु–१५ सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि अल स्टार क्लब, आँबुखैरेनीले जितेको छ ।
लक्ष्मीबजार, गोरखा स्थित स्थानीय खेलमैदानमा भएको उपाधि भिडन्तमा अल स्टारले हिमाली तमु युवा क्लब, गैरालाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जितेको छ ।
विजेता बनेको अल स्टारले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता हिमाली तमु युवा क्लबले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै सेमिफाइनलमा पराजित दुई टोली आयोजक लक्ष्मीबजार हर्ट क्लब र दिपेन्द्र मेमोरियल स्पोर्टस एकेडेमीले सान्त्वना पुरस्कार वापत नगद ५–५ हजार प्राप्त गरे ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन