News
प्रशिक्षक उपलब्ध गराउनेबारे एन्फालाई मोरङको पत्र (पत्रसहित)

बिराटनगर । घरेलु फुटबलमा बर्षेनी व्यस्त हुने मोरङमा स्तरीय फुटबल प्रशिक्षक नभएपछि मोरङ जिल्ला फुटबल संघले प्रशिक्षक उपलब्ध गराईदिन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको छ ।
प्रशिक्षक नभए कै कारण फुटबल प्रशिक्षण गराउन र अन्य फुटबल गतिविधी सञ्चालन गर्न र त्यसलाई निरन्तरता दिन पनि कठिनाई देखिएपछि मोरङ जिल्ला फुटबल संघले प्रशिक्षक उपलब्ध गराईदिन एन्फालाई पत्राचार गरेको हो ।
साथै संघले राखेप मोरङ जिल्लामा कार्यरत अनुभवी प्रशिक्षक पारस चौधरीलाई एन्फाले सेवा सुविधा दिने गरी मोरङ जिल्ला फुटबल संघमा निज प्रशिक्षक चौधरीलाई काजमा उपलब्ध गराईदिन अनुरोध समेत गरेको छ ।
स्मरण रहोस, प्रशिक्षक चौधरी नेपाली फुटबलमा अनुभवी प्रशिक्षकका रुपमा गनिन्छन् । उनले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय फुटबलमा पनि प्रशिक्षकको राम्रो अनुभव सँगालेका छन् ।
Post Comments
Related News
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा