News
फिजम कपः बीबीएमको सहज जित
काठमाडौं । विश्व विद्या मन्दिर (बीबीएम) ले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सहज जित हात पारेको छ ।
बीबीएमले दीपिकालाई ९–० को भारी गोलअन्तरले पराजित गर्यो । निशान तामाङले ह्याट्रिक तथा अजय राई र विवेक विडारीले समान २–२ गोल गरे । बाँकी गोल प्रवेश राई र प्रज्ज्वल राईले गरे ।
संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगितामा नेपाल तारा र होली क्रसले सफलता पाए ।
नेपाल ताराले ग्रामरलाई ७–० गोलअन्तरले हरायो । सुदिप पाख्रिनले ३ तथा आशिष नेपाल, लुक्पा शेर्पा, भुवन श्रेष्ठ र आशिष दाहालले समान १–१ गोल गरे । होलीक्रसले कम्यकलाई ५–० गोलले पाखा लगायो । पुजन तामाङ र अमित खड्काले समान २–२ तथा सन्जिव तामाङले १ गोल गरे ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न