News
गोकुलमको फराकिलो जितमा साबित्राको पाँच गोल

काठमाडौं । हिरो इण्डियन वुमन लिगमा यस सिजन गोकुलम केरला एफसीबाट खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले आफ्नो उत्कृष्ट लयलाई दोस्रो खेलमा पनि निरन्तरता दिएकी छिन् ।
मंगलबार भएको आइ लिगको आफ्नो दोस्रो खेलमा गोकुलमले केंक्रे एफसीलाई १०–१ को फराकिलो अन्तरले हरायो । गोकुलमको जितमा साबित्राले ह्याट्रिकसहित पाँच गोल गरिन् ।
त्यस्तै करिश्मा शिर्भोयकरले तीन गोल आफ्नो खातामा लेखाउँदा मनिषा र ग्रेस हउनरले एक–एक गोल गरे । उता पराजित केंक्रेका लागि कप्तान सौम्या गुगुलोथले एक मात्र सान्त्वना गोल गरिन् ।
स्मरण रहोस, गोकुलमले आफ्नो पहिलो खेलमा श्रीभूमि एफसीलाई १–० ले हराउँदा पनि साबित्राले एक मात्र निर्णायक गोल गरेकी थिईन् । जारी लिगमा यो सँगै साबित्राको गोल संख्या ६ पुगेको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै