News
क्लब ड्युटीमा फर्किए रोहित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द आफ्नो इण्डोनेसियन क्लब पेर्सिक केडिरीका लागि अभ्यासमा फर्किएका छन् । रोहित केही दिन अघि मात्र क्लबमा आवद्ध हुन इण्डोनेसियातर्फ प्रस्थान गरेका थिए ।
स्मरण रहोस, दुई महिना अघि मालङ शहरमा लिगा वान कै क्रममा भएको डरलाग्दो स्टेडियम दुर्घट्नापछि त्यहाको सरकारले अनिश्चितकालका लागि इण्डोनेसियामा फुटबल गतिविधी स्थगित गरेको थियो ।
साथै त्यो घट्नाको दुई महिनापछि इण्डोनेसियाको शिर्ष लिग गत सोमबारदेखि फेरि सुचारु हुने निर्णय भएको थियो । त्यो घट्नामा १३५ भन्दा बढीको ज्यानको गएको थियो । जसमा करिब ४० बालबालिकाहरुले पनि ज्यान गुमाएका थिए भने हजारौं गम्भिर घाइते भएका थिए ।
लिग अन्तरगत पेर्सिक केडिरीले बिहीबार पेर्सिब बान्डुङसँग खेल्दैछ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने