काठमाडौं । लाइसियम प्याराडाइस र ग्लेडस्टोन पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा लाइसियमले ग्रिनविच एकेडेमीलाई १–० गोलअन्तरले पराजित ग¥यो । गोल आत्माघाती थियो ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा ग्लेडस्टोनले पाणेनीलाई ५–१ गोलले हरायो । ग्लेडस्टोनका निखिल कार्कीले २ तथा सम्यम कालु, सोहन राजवाहक र सुहान कासुलाले १–१ गोल गरे ।
बधबारको खेलसंगै क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा ग्लेडस्टोन भेट आायेजक नेक्सससंग हुनेछ भने लाइसियमले नेपालटार विरुद्ध खेल्ने छ । बाँकी क्वाटरफाइनल लोयल्टी एकेडेमी र अर्किड तथा श्री सञ्जय साइ मन्दिर र बेस्ट ग्रुप भिजन एकेडेमीबीच हुनेछ । क्वाटरफाइनल खेल शनिबारदेखि सुरु हुनेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न