काठमाडौं (एजेन्सी) । आफ्नो पहिलो खेलमा पोर्चुगलसँग ३–२ ले पराजित घानाले समूह एचतर्फ आफ्नो दोस्रो खेलमा दक्षिण कोरियामाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।
एजुकेशन सिटी स्टेडियममा भएको खेलमा क्यामरुनले मोहम्मद सालिसुको २४औं मिनटको गोलबाट खेलमा अग्रता लिएको थियो । त्यसको दश मिनट लगतै मोहम्मद कुडुसले घानाको त्यो अग्रता दोब्बर पारे ।
यद्यपि दक्षिण कोरिया खेलमा फर्कियो । चोई ग्वी–सुङले ५८ र ६१औं मिनटमा लगातार दुई गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । तर दक्षिण कोरियाले त्यो बराबरी खुशी धेरैबेर मनाउन सकेन ।
६८औं मिनटमा कुडुसले नै घानाका लागि दोस्रो गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए । घानाले समूह चरणको अन्तिम खेलमा उरुग्वेको सामना गर्नेछ । उरुग्वेले आफ्नो पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । स्मरण रहोस, उरुग्वेले आज मध्यरात मै पोर्चुगलको सामना गर्दैछ ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन