शनिश्चरे । झापाको अर्जुनधारा १० स्थित कालिस्थान माविको खेलमैदानमा जारी एन्फा रेफ्री स्व खेम तामाङ स्मृृति फुटबल प्रतियोगितामा बिहीबारको खेलबाट आयोजक मनास्लु युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रतियोगिताको सेमी समिकरण पूरा भएको छ ।
झापाको ८ टिम सहभागी प्रतियोगितामा ब्रदर्स युनाइटेड क्लब चन्द्रगढी, शनिश्चरे एफसी, बिर्तामोड युनाइटेड क्लब र आयोजक मनास्लु युथ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक मनास्लुले काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २-१ गोलल पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आयोजकका लागि खेलको २५औँ मिनेट विशाल दर्जीले गोल गर्दै खाता खोलेका थिए ।
यस्तै, आयोजककै ५७औँ मिनेटमा रोशन मगरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । काँकरभिट्टाका लागि खमिर गिल्सन कन्दङ्वाले खेलको ६२औँ मिनेटमा गोल गरेर खेलमा फर्किने प्रयास गरेको थियो ।
यसअघि खेलको १८औँ मिनेटमा काँकरभिट्टाका गोलरक्षक देवन भुजेल राताे कार्ड पाउँदै मैदान बाहिरिएका थिए । एक खेलाडी गुमाएको काँकरभिट्टाले त्यसपछि २-० गोलको नतिजा व्यहोरे पनि अन्त्यतिर एक गोल फर्काएको थियो ।
आजको खेलको म्यान अफ अफ दी म्याच आयोजकका विशाल दर्जी घोषित भए । उनले नगद १५ सय पाए । भोलि शनिश्चरे एफसी र ब्रदर्स युनाइटेड चन्द्रगढीबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।
विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पाउनेछ । त्यस्तै, ५ विधाका खेलाडीले जनही २ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद १५ सय पाउने छन् ।
२०२३ साल फागुन ३ गते जन्मिएका एन्फा रेफ्री स्व खेम तामाङको गत जेठ १२ गते निधन भएको थियो । उनै एन्फा रेफ्री तामाङको स्मृतिमा स्थानीय मनास्लु युथ क्लबद्वारा आयोजित प्रतियोगितामा झापा जिल्ला रेफ्री संघ तथा झापा जिल्ला फुटबल संघको प्रत्यक्ष सहयोग रहेको छ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक