काठमाडौं । कतारमा रहेका आप्रवासी नेपालीहरुबीच सम्पन्न दोस्रो सिएफसी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि युनाइटेड युथ फुटबल क्लबले जितेको छ । फाइनलमा आयोजक सिएफसी (निलो) लाई ३–१ ले हराउँदै युनाइटेड युथ च्याम्पियन बनेको हो ।
विजेता बनेको युनाइटेड युथले उपाधिसहित ५५५५ कतारी रियाल हात पार्यो भने उपविजेता आयोजक सिएफसीले ३३३३ कतारी रियालमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच युनाइटेड युथका नविन महतो घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बसन्त लामा घोषित भए भने उत्कृष्ट डिफेन्डर राजकुमार तामाङ घोषित भए ।
उत्कृष्ट मिडफिल्डर सैलेश बने । सर्वाधिक गोलकर्ताको पुरस्कार अर्जुन सुब्बाले हात पारे भने उत्कृष्ट प्रशिक्षक पंकज सुबेदी बने । उदियमान खेलाडीको पुरस्कार राज राईले हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक सिएफसी (निलो) का देव राज घोषित भए ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कतारका लागि नेपाली राजदुत डा.नरेश बिक्रम ढकाल, एनआरएनए कतारका अध्यक्ष सुरेश भट्ट, प्रथम पुरस्कार प्रायोजक राजाराम बानियाँ तथा दोस्रो पुरसकार प्रायोजक जागरुक युवा समाज नेपालका अध्यक्ष यादव चौलागाई लगायतले पुरस्कृत गरेका थिए ।
सो अवसरमा प्रतियोगिता संयोजक डेनियल लिम्बुले सहभागि खेलाडी, उपस्थित अतिथी लगायत सहयोगीदाताहरु सबैमा धन्यवाद र आभार प्रकट गरे । उनले नेपाली आप्रवासी दाजुभाईहरुबीच भाईचारा र आत्मियता कायम गर्ने उद्देश्यका साथ भएको यो प्रतियोगितालाई आगामी दिनहरुमा थप भव्यताका साथ सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाए ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने