News
गोरखामा महादेव डाँडा कप हुँदै

गोरखामा महादेव डाँडा कप हुँदै गण्डकी । गोरखाको गण्डकी गाउँपालिका–२, ताङ्लीचोकमा आउँदो कार्तिक २ देखि ८ गतेसम्म महादेव डाँगा कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
महादेव डाँगा युवा क्लब, ताङ्लीचोक, गोरखाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । साथै प्रतियोगितामा सहभागिता जनाउने चाहने क्लबहरुका लागि कार्तिक तीन गतेसम्म टिमदर्ता खुला गरिएको छ । टिमदर्ता शुल्क ७ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विद्यागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments