News
एन्फा महासचिव किरन राईलाई मातृ शोक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले मातृ शोक परेको छ । एन्फाका अनुसार राईकी आमा मधुरा राईको सोमबार बेलुका उपचारका क्रममा निधन भएको हो ।
किरन राईकी ७७ वर्षिय आमा मधुरा राई पछिल्लो महिनादेखि अस्वस्थ्य थिईन् । सोमबार उनको स्वास्थ्य थप गम्भिर बनेपछि उनलाई उदयपुरको जिल्ला अस्पताल पुर्याइएको थियो । चिकित्सकले उनलाई अस्पतालमा मृत घोषणा गरेको एन्फाले जनाएको छ ।
यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनप्रति गोलनेपाल परिवार पनि दुःख र समवेदना व्यक्त गर्दछ ।
Post Comments
Related News
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न