News
सुवनलाई गिम्हे गोल्डकपको उपाधि
काठमाडौं । दक्षिण कोरियामा रहेका नेपाली प्रवासीहरुबीच भएको जिकेएस गिम्हे गोल्डकप फुटसल प्रतियोगिताको उपाधि सुवन एफसीले जितेको छ । उपाधि जित्ने क्रममा सुवनले फाइनलमा नाम्जी एफसीलाई टाईब्रेकरमा २–० ले हराउँदै च्याम्पियन बनेको हो ।
विजेता बनेको सुवनले उपाधिसहित ३५ लाख कोरियन वन हात पार्यो भने उपविजेता नाम्जीले २० लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी सुवन एफसीका सुजन केसी चुनिए । उत्कृष्ट गोलरक्षक नाम्जीका सोनाम चाम्लिङ राई बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार सुवनका बिजय जंग कार्कीले प्राप्त गरे ।
प्रतियोगिताको फेयर प्ले टिम धनकुटा एफसी चुनियो । त्यस्तै प्रतियोगिता आयोजनाबाट संकलित केही रकम सामाजिक कार्यमा सक्रिय संस्था मामाघर नेपाललाई सहयोग गरिने पनि आयोजकका संस्थापक राज बानियाँले जानकारी दिए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने