
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको अक्टुबर महिनाको ताजा वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । यसअघि १७६औं स्थानमा रहेको नेपाल अक्टुबर महिनाका लागि १७५औं स्थानमा उक्लिएको छ । नेपालले बंगलादेश विरुद्ध गत महिना भएको मैत्रीपूर्ण खेलमा निकालेको जित नेपालको वरियता सुधारमा कारक बनेको देखिन्छ ।
दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । त्यस्तै दुई स्थान तल खस्किएर १०६औं पुगेको भारत दक्षिण एसियातर्फ भने शिर्ष स्थानमा छ । १५४औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा रहँदा १८५औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा रहेको छ ।
त्यसैगरी १९२औं स्थानमा पुगेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १९४औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यस्तै २०७औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ पुछारमा छ ।
एसियाली राष्ट्रतर्फ फिफा वरियताको २०औं स्थानमा रहेको शिर्ष स्थानमा छ भने २४औं स्थानमा रहेको जापान एसियातर्फ दोस्रो तथा २८औं स्थानमा रहेको दक्षिण कोरिया एसियातर्फ तेस्रो स्थानमा छ ।
त्यसैगरी विश्व वरियताको शिर्ष स्थानमा दक्षिण अमेरिकी महारथी ब्राजील छ । दोस्रो स्थानमा बेल्जियम रहँदा तेस्रो स्थानमा अर्को दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना रहेको छ ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि