News
हेरिसबर्गलाई कालु सिंह मेमोरियल भेट्रान्स कपको उपाधि
काठमाडौं । अमेरिकामा रहेका नेपाली समुदायहरुबीच भएको कालु सिंह मेमोरियल भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि हेरिसबर्ग भेट्रान्स टिमले जित्न सफल भएको छ । फाइनलमा हेरिसबर्गले कोलम्बस भेट्रान्सलाई हराउँदै च्याम्पियन बनेको हो ।
विजेता र उपविजेता टोलीका खेलाडीहरुले नगद र ट्रफी पुरस्कार हात पारेको प्रतियोगिता संयोजक बिर्ख गुरुङले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी युनाइटेड गुर्खाका बिकास राई चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार हेरिसबर्ग कै महेश थुलुङले हात पारे ।
प्रतियोगिताको अनुशासित टिम पनि युनाइटेड गुर्खा बन्यो । प्रतियोगिता संयोजक बिर्ख गुरुङले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सहयोगी संघसंस्था, प्रायोजक, टिम अफिसियल, खेलाडी लगायत सबै शुभेच्छुकहरुमा आभार र धन्यवाद प्रकट गरे ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने