News
युवाई एफसी र सीएफसी (निलो) सेमिफाइनलमा
काठमाडौं । कतारमा रहेका नेपाली आप्रवासीहरुबीच भईरहेको दोस्रो सिएफसी कप फुटबल प्रतियोगितामा युवाई एफसी र आयोजक सिएफसी (निलो) ले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
युवाई एफसले नाईन स्टार एफसीलाई ६–० ले हरायो । युवाईको जितमा शेष र नविनले समान ३– गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलमा युवाई एफसीका नविन म्यान अफ द म्याच चुनिए ।
त्यस्तै अर्को खेलमा आयोजक सिएफसी (निलो) ले राईजिङ एफसीलाई ११–० को फराकिलो अन्तरले हरायो । सिएफसीका लागि म्यान अफ द म्याच समेत घोषित अर्जुन सुब्बाले ६ गोल गरे । त्यस्तै यमन महर्जनले २ गोल गरे भने मिलन थापा, राजकुमार चौधरी र उत्सव राईले थप १–१ गोल गरे ।
सिएफसी परिवारको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनल खेल आउँदो शुक्रबार सिएफसी (निलो) र पेट्रो एफसी तथा युवाई एफसी र ह्यापीज ब्रो बीच हुने आयोजकले जानकारी दियो ।

Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने