News
मेनछनलाई दाङजिन कपको उपाधि
काठमाडौं । दशैंको अवसर पारी दक्षिण कोरियाको दाङजिनमा रहेका नेपाली प्रवासीहरु बीच भएको एकदिने दाङजिन कप फुटबल प्रतियोगिताको उपाधि मेनछन फुटबल क्लबले जितेको छ ।
फाइनल भिडन्तमा मेनछनले सुनसङ एफसलिाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो । खेलमा मेनछङका लागि प्रनिल लामा र अमिर िलम्बुले गोल गरे । उता सुनसङका लागि रमेश लामाले गोल फर्काएका थिए ।
विजेता बनेको मेनछङले उपाधिसहित १० लाख कोरियन वन हात पार्यो भने उपविजेता सुनसङले ५ लाख कोरियन वन हात पारेको प्रतियोगिता संयोजक राजराम थिङले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्केष्ट खेलाडी शिशिर लिम्बु चुनिए भने सर्वाधिक गोलकर्ताको पुरुस्कार मदन खड्काले हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक हेमराज गुरुङ चुनिए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने