News
साफ यु–१५ महिला च्याम्पियनसिप नेपाल मै हुने
काठमाडौं । साफ यु–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता यस वर्ष नेपाल मै हुने भएको छ । यो कुराको पुष्टी अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत गरेको छ ।
एन्फाले प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी स्वरुप शिलबन्दी बोलपत्रको सूचना प्रकाशित गरेको छ । सूचनामा जनाएअनुसार प्रतियोगिता आउँदो नोभेम्बर ७ देखि १७ तारीख (कार्तिक २१ देखि मंसिर १ गते) सम्म काठमाडौंमा हुनेछ ।
एन्फाले निकालेको सूचनामा यातायात, होटल, म्याच बल तथा सुरक्षा व्यवस्थापनबारे शिलबन्दी बोलपत्र आह्वान गरेको छ । प्रतियोगिताबारे एन्फाले विस्तृत रुपमा भने खुलाएको छैन । यद्यपि प्रतियोगितामा दक्षिण एसियाका सबै टोलीले सहभागिता जनाउने सम्भावना छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)