News
साफ यु–१५ महिला च्याम्पियनसिप नेपाल मै हुने
काठमाडौं । साफ यु–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता यस वर्ष नेपाल मै हुने भएको छ । यो कुराको पुष्टी अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत गरेको छ ।
एन्फाले प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी स्वरुप शिलबन्दी बोलपत्रको सूचना प्रकाशित गरेको छ । सूचनामा जनाएअनुसार प्रतियोगिता आउँदो नोभेम्बर ७ देखि १७ तारीख (कार्तिक २१ देखि मंसिर १ गते) सम्म काठमाडौंमा हुनेछ ।
एन्फाले निकालेको सूचनामा यातायात, होटल, म्याच बल तथा सुरक्षा व्यवस्थापनबारे शिलबन्दी बोलपत्र आह्वान गरेको छ । प्रतियोगिताबारे एन्फाले विस्तृत रुपमा भने खुलाएको छैन । यद्यपि प्रतियोगितामा दक्षिण एसियाका सबै टोलीले सहभागिता जनाउने सम्भावना छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”