News गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री कप लिग फुटबल प्रतियोगिता शुरु
गोलनेपाल

भण्डारढिकमा शुरु भएको गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री कप लिग फुटबल प्रतियोगितामा कास्कीको प्रतिनिधित्व गरेको आदर्श युवा क्लबले गोर्खाको प्रतिनिधित्व गरेको बौद्ध हिमालय क्लबलाइ ३–१ को फराकिलो गोलअन्तरले पाखा लगाउदै पहिलो जित हात पारेको छ ।

प्रतियोगिताकोे उद्घाटन खेलको २७ औ मिनेटमा कास्कीका समिर कार्कीले गोल गर्दै कास्कीलाइ अग्रता दिलाए ।

खेलको पहिलो हाफमा निकै दबाबमा राखेको कास्कीले निकै अवसर पाए पनि गोल गर्न भने सकेन ।

खेलको ३० औ मिनेटमा अजय श्रेष्ठले गरेको प्रहार आकाशियो । १–० ले पछि परेको गोर्खाको लागी रित गुरुङले ३५ मिनेटमा प्रहार गरेको फ्रीकिक कास्कीका गोलरक्षक विश्वास क्षेत्रीले बचाउ गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको कास्कीले दोस्रो हाफमा थप दुइ गोल गर्न सफल भयो । आदर्श कास्कीको लागी सुमित श्रेष्ठले खेलको ५१ औ मिनेटमा गोल गरे भने एक मिनेट बित्न नपाउदै अजय श्रेष्ठले खेलको ५२ औ मिनेटमा थप एक गोल गर्दै ३–० को अग्रता बनायो । ३ गोलले पछि परेको गोर्खाको लागी सन्दिप श्रेष्ठले खेलको ६५ औ मिनेटमा एक गोल गरे । खेलमा पाएको अवसरको सदुपयोग गर्न नसक्दा गोर्खा हार व्यहोर्न बाध्य भएको हो ।

प्रतियोगिताको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए । माघ ७ गतेबाट शुरु भएको प्रतियोगिता माघ १४ गतेसम्म जारी रहने जनाइएको छ

Post Comments