
बसही । सरावल गाउँपालिका, नवलपरासीको आयोजनामा जिल्ला कै दोस्रो ठूलो धनराशीको पाँचौं सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आउँदै गरेको चाड विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा यहि असोज १५ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको सबै तयारी पूरा भईसकेको पनि आयोजकले जानकारी दियो ।
सरावल–१ बसही स्थित बसही रंगशालामा हुने प्रतियोगिताल ाई जिल्ला कै पहिचान र प्रतिष्ठासँग जोडिएर राष्ट्रियस्तरमा पुर्याउने गाउँपालिकाको उद्देश्य रहेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । त्यस्तै जिल्लालाई खेलकुदको माध्यमबाट चिनाउन आफूहरुले सकेको पहल र प्रयास गर्ने गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन चमारले बताईन् ।
श्री बसन्तु युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।