
कमलामाई । नव बथानचौडी युवा क्लब, कमलामाई–९, बथानचौडी, सिन्धुलीको आयोजनामा यहि असोज २८ गतेदेखि कार्तिक ५ गतेसम्म तेस्रो शहिद ऋषिराज देवकोटा ‘आजाद’ स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।
श्री जन जागृति उमावि भिमानको खेलमैदानमा हुने प्रतियोगिता सिन्धुली जिल्ला कै प्रतिष्ठित प्रतियोगिताका रुपमा रहेको आयोजकले जानकारी दियो । कमलामाई नगरपालिका, सिन्धुलीको मुख्य प्रायोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सह–आयोजकमा भिमान युवा क्लब, इनार्पानी युवा क्लब, रातो गुराँस युवा क्लब, सुविधानगर युवा क्लब र बाल युवा सञ्जाल रहेका छन् ।