बिराटनगर । यहाँ जारी १ नम्बर प्रदेश टुबोर्ग प्रथम मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा युनाइटेड भेट्रान्स, बिराटनगर र भरौल भेट्रान्स, भरौलले जित हात पारेको छ ।
बिराटनगर जुट मिल्सको मैदानमा भएको पहिलो खेलमा युनाइटेड भेट्रान्सले दुहबी भेट्रान्स क्लब, सुनसरीलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा युनाइटेडका लागि हर्कराज गुरुङले एक मात्र गोल गरे । गुरुङ नै खेलको म्यान अफ द म्याच पनि चुनिए ।
त्यस्तै दोस्रो खेलमा भरौल भेट्रान्सले बिर्तामोड भेट्रान्स, झापालाई २–१ ले हरायो । भरौलका लागि डेनिम राई र सन्तोष लिम्बुले गोल गरे । उता पराजित बिर्तामोडका लागि टेकराज सुब्बाले एक मात्र गोल फर्काएका थिए । खेलमा भरौलका प्रेम घिमिरे म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत असोज ४ गते मंगलबारको खेल राजघाट भेट्रान्स क्लब, उर्लाबारी र मर्निङ भेट्रान्स क्लब, हाटखोला, विराटनगर बीच हुने आयोजकले जानकारी दियो ।
मिल्स भेट्रान्स क्लब, विराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल असोज १० गतेका दिन हुनेछ ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा