News
फेरि हार्यो रोहितको टोली पेर्सिक
काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा व्यवसायीक फुटबल खेलिरहेका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको टोली पेर्सिक केदिरीको खराब लय निरन्तर जारी छ । लिगको १०औं खेल समाप्त हुँदासम्म एउटै जित हात पार्न नसकेको पेर्सिकले शनिबार सातौं हार बेहोर्यो ।
एरेमा क्लबसँग १–० ले पराजित हुन पुगेको केदिरी लिगतालिकामा ३ अंकका साथ पुछारमा छ । शनिबार एरेमाको जितमा खेलको अन्तिमतिर ८१औं मिनटमा इश्र्याद मौलानाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा निरन्तर पहिलो रोजाई मै रहेर खेलिरहेका रोहितले अपेक्षाअनुसार नतिजा भने हात पार्न सकेका छैनन् ।
यो जितपछि एरेमा १० खेलबाट १४ अंकका साथ नवौं स्थानमा छ । पेर्सिक ३ अंकका साथ पुछारको १८औं स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल बिहीबार बारिटो पुतेरासँग खेल्नेछ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने