
चितवन । साँघुरो जित निकाल्दै एभनिर एफसी, क्यामरुन जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा एभनिरले फर्साटिकर युवा क्लब, रुपन्देहीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । एभनिरको जितमा खेलको ५१औं मिनटमा स्याङ्गुले गरेको एक मात्र निर्णायक बन्यो ।
निर्णायक गोलकर्ता स्याङ्गु नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत भदौ २९ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक केबिए ग्लोबल भरतपुर एफसी, चितवन र एपिएफ फुटबल क्लब, काठमाडौं बीच हुनेछ ।
आउँदो असोज ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १० टोलीहरु सहभागि छन् ।