News
अन्ततः ए र बी डिभिजन क्लबले पाए पुरस्कार रकम (सूचीसहित)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार शहिद स्मारक ए डिभिजन लिग र बी डिभिजन लिगका क्लबहरुलाई दिनुपर्ने पुरस्कार रकम दिएको छ । एन्फाले दिनुपर्ने आवश्यक रकमहरु सम्बन्धित क्लबहरुको खातामा बुझाएको कुरा जानकारी दिएको छ ।
स्मरण रहोस, गत सिजन ए डिभिजन लिगको उपाधि अपराजित रहेर मच्छिन्द्र फुटबल क्लबले जितेको थियो । त्यस्तै त्रिभुवन आर्मी फुटबल क्लबले दोस्रो स्थान हासिल गर्दा न्युरोडटिम (एनआरटी) ले तेस्रो स्थान हात पारेको थियो । त्यस्तै ब्रीगेड ब्वाईज क्लब (बीबीसी) र च्यासल युथ क्लब भने रेलिगेशनमा परेका थिए ।
त्यसैगरी बी डिभिजन लिगतर्फ चर्च ब्वाईज युनाइटेड लिग च्याम्पियन बन्दा खुमलटार युथ क्लबले दोस्रो स्थान हासिल गरेको थियो । दुवै टोली ए डिभिजन लिगमा समेत बढुवा हुन सफल भएका थिए ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै