
काठमाडौं । महिला साफ च्याम्पियनसिपमा व्यस्त नेपाली राष्ट्रिय महिला फुटबल टोलीसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भेटघाट गरेका छन् ।
शुक्रबार एक कार्यक्रमका बीच महिला फुटबल टोलीसँग भेटघाट गर्न पुगेका बालेनले खेलाडीहरुसँग अन्तरक्रिया पनि गरेका थिए । साथै महिला खेलाडीहरुलाई उत्प्रेरणा पनि गरेका थिए ।
सो अवसरमा मेयर बालेनसँगै उपमेयर सुनिता डंगोल पनि उपस्थित थिईन् । युवा मेयर र उपमेयरसँग भेटघाट र अन्तरक्रिया गर्न पाउँदा महिला फुटबल खेलाडीहरु पनि उत्साहित देखिए ।
सो अवसरमा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापासहित टोलीका अन्य अफिसियलहरुको पनि उपस्थिति रहेको थियो ।
स्मरण रहोस, घरमै जारी महिला साफ च्याम्पियनसिपतर्फ समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४–० ले हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बनाईसकेको छ । साथै समूह चरणको अन्तिम खेलमा सोमबार श्रीलंकासँग खेल्ने कार्यक्रम छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै