News
मैत्रीपुर्ण खेलमा एपिएफको जित

काठमाडौं । चितवन गोल्डकप खेल्ने तयारीमा रहेको सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले बिहीबार भएको मैत्रीपूर्ण खेलमा जित हात पारेको छ ।
एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँगको मैत्रीपूर्ण खेलमा ३–२ को जित हात पारेको हो । एपिएफको जितमा नविन लामाले दुई गोल गरे भने थप एक गोल हरि कार्कीले गरे । उता पराजित पुलिसका लागि तिर्थ राना मगर र निर कुमार राईले गोल गरे ।
स्मरण रहोस, यहि भाद्र २५ गतेदेखि शुरु हुन गईरहेको चितवन गोल्डकपमा एपिएफले २९ गतेका दिन क्वाटरफाइनल खेल्नेछ । बाई पाएर सिधै क्वाटरफाइनल खेल्न अवसर पाएको एपिएफले उद्घाटन खेल आयोजक भरतपुर एफसी र मोतिहारी एफसी, भारतबीचको विजेतासँग प्रतिस्र्धा गर्नेछ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै