News
लगातार चौथो खेलमा पनि हार्यो रोहिटको टोली केडिरी
काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा व्यस्त नेपालका चर्चित मिडफिल्डर रोहित चन्दले आफ्नो नयाँ क्लब पेर्सिक केडिरीमा जितको स्वाद भने चाख्न पाएका छैनन् । ६ खेलको समाप्तीसम्म एउटै जित हात पार्न नसकेको केडिरीले मंगलबार लिगमा लगातार चौथो हार बेहोर्यो ।
लिगमा चौथो हार बेहोर्ने क्रममा केडिरीले मंगलबार पिएसएस स्लेमनसँग २–० ले निराश बन्न पुग्यो । लगातार टोलीको पहिलो रोजाईमा रहेर खेलिरहेका रोहितले टोलीको निराशाजनक प्रदर्शनलाई भने सुधार्न सकेका छैनन् ।
६ खेलबाट १ अंक मात्र जोडेको केडिरी लिगतालिकाको पुछारमा छ । लिगको शिर्ष स्थानमा भने १५ अंक जोडेको बोर्नियो छ । लिग अन्तरगत केडिरीले शनिबार बाली युनाइटेडसँग खेल्नेछ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने