
काठमाडौं । इण्डोनेसियन लिगा वानको नयाँ सिजनमा रोहित चन्दको टोली पेर्सिक केडिरीले पहिलो अंक जोडेको छ । आइतबार भएको भयङ्कारा विरुद्धको खेलमा १–१ को बराबरी खेलेपछि पेर्सिकले पहिलो अंक जोडेको हो ।
खेलमा शुरुवाती अग्रता जोगाउन नसकेको पेर्सिकले बराबरीमा चित्त बुझाउनु पर्यो । खेलको १५औं मिनट मै रेनन सिल्वाको पेनाल्टी गोलबाट पेर्सिकले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफ कै ३६औं मिनटमा युसेफ इजेजारीले मयङ्काराका लागि बराबरी गोल फर्काएका थिए ।
खेलमा रोहितले टोलीको पहिलो रोजाई मै रहेर मैदानमा उत्रिएका थिए । यद्यपि टोलीलाई पहिलो जित दिलाउन भने सकेनन् । खेलको ३३औं मिनटमा रोहितले पहेंलो कार्डको समेत सामना गरेका थिए ।
यो नतिजापछि २ खेलबाट १ अंक जोडेको पेर्सिक १६औं स्थानमा छ । उता भयङ्कारा २ अंकका साथ १२औं स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल शनिबार शिर्ष स्थानको टोली मदुरा युनाइटेडसँग खेल्नेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय