News
एन्फा रेफ्री खड्गीको शल्यक्रिया सम्पन्न

काठमाडौं । एन्फा रेफ्री रोजेन्द्र खड्गीको एसिएल सर्जरी सफलताका सम्पन्न भएको छ । उनको शल्यक्रिया काठमाडौं स्थित बीएण्डबी अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको हो । साथै उनी अस्पतालबाट शुक्रबार मात्र डिस्चार्ज भएको समेत जानकारी दिए ।
स्मरण रहोस, रेफ्री खड्गीले आफ्नो स्वास्थ्य उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहयोगको लागि आग्रह गरेका थिए । यद्यपि उनले शल्यक्रिया वापत लागेको सबै खर्च आफूले नै व्यहोरेको बताए । साथै एन्फाले यसबारे केही सहयोग गर्नेमा आफू आशावादी रहेको पनि प्रतिक्रिया दिए ।
खड्गीका अनुसार एन्फाले आफूलाई केही सहयोग गर्ने प्रतिवद्धता जनाएकोले बताए । त्यति मात्र नभएर रेफ्री खड्गीका अनुसार रेफ्री संघले पनि उनको स्वास्थ्य उपचारमा आर्थिक रुपमा सहयोग गरेको बताए । उनले आफू पूर्ण रुपमा फिट हुन केही समय लाग्ने बताए ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै