News
बहराईनमा एक दिने फुटसल प्रतियोगिता हुने
नेपाल आदिवासी जनजाति महासंघ, बहराईनको आयोजना र नेपाली क्लब, बहराईनको विशेष सहयोगमा यहि जुलाई १० (असार २६) का दिन एकदिने फुटसल प्रतियोगिता हुने भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा हाल बहराईनमा रहेका आप्रवासी नेपालीहरुबीच भाईचारा र आत्मियता कायम गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न गईरहेको आयोजक संस्थाले जनाएको छ ।
हमाद टाउन स्थित गोल्ड मास्टर स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित १ हजार अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले ५ सय अमेरिकी डलर प्राप्त गर्ने जानकारी युवा तथा खेलकुद सयोजक स्रवण बम्जनले दिनुभयो।
प्रतियोगिताको लाईभ गोलनेपाल बाट हुनेछ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने