News
इलिट वुमन रेफ्री प्यानलमा अन्जना

काठमाडौं । नेपालकी महिला फिफा रेफ्री अन्जना राई एएफसी इलिट वुमन रेफ्री तथा असिस्टेन्ट रेफ्री प्यानल २०२२ मा सामेल भएकी छिन् ।
राईले एएफसी वुमन रेफ्री एण्ड असिस्टेन्ट रेफ्री सेलेक्सन कोर्ष पूरा गरेपछि सो प्यानलमा परेको कुरा अखिल नेपाल फुटबल संघ (एन्फा) ेले जानकारी दियो । साथै अन्जना सो प्यानलमा परेको कुरा एएफसीले एन्फालाई शुक्रबार पत्राचार गरि जानकारी गराएको थियो ।
यो प्यानेलमा सामेल भएसँगै अन्जनाले आउँदो नोभेम्बरमा हुने प्रतिष्ठित एएफसी इलिट रेफ्री तयारी कोर्षमा सामेल हुन पाउने छिन् । स्मरण रहोस, राईले गत वर्ष मात्र फिफा रेफ्री बेज हात पारेकी थिईन् ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध