
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार सम्पन्न केन्द्रिय निर्वाचनमा नेम्वाङले निकटतम प्रतिद्वन्द्वी कर्मा छिरिङ शेर्पालाई ४५–३९ को मतान्तरले हराए । त्यस्तै अध्यक्ष पदकै अर्का प्रत्याशी राजीव पौडेलले भने एउटै मत पनि पाएनन् ।
चार वर्ष अघि एन्फा शुद्धिकरण अभियानका रुपमा कर्मा कै प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चुनिएका नेम्वाङ पछिल्ला केही समय यतादेखि कर्माको नेतृत्व पक्षसँग असन्तुष्टी जनाउँदै आएका थिए । नेतृत्व पक्षको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आएका नेम्वाङले अन्ततः एन्फा अध्यक्ष मै उम्मेदवारी समेत दिएका थिए ।
निर्वाचनमा कुल ८४ मत खसेका थिए । जसमा नेम्वाङले कर्मालाई ६ मतले हराउन सफल भए । पहिलोपटक अध्यक्ष बन्दै नेपाली फुटबलको नेतृत्व सम्हाल्न सफल भएका नेम्वाङका अगाडी अब धेरै चुनौतिहरु पनि हुनेछन् । जसलाई उनले सबैसँग सहकार्य गरेर नेपाली फुटबलको विकासमा लागि गर्ने यसअघि नै बताईसकेका छन् ।
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा